Friday, July 19, 2019

शिक्षक तालिममा प्रशिक्षार्थीका चासोहरु

हालसालै शैक्षिक तालिम केन्द्र धुलिखेलले आयोजना गरेको कक्षा ९ देखि कक्षा १२ सम्म अंग्रेजी अध्यापन गरिरहनु भएका शिक्षक लक्षित दश दिने तालिममा झन्डै चार दिन प्रशिक्षकको भूमिका निर्वाह गर्ने मौका मिल्यो । तालिम प्रशिक्षकको भूमिकामा यो मेरो दोश्रो अनुभव थियो । अर्थात, खारिएको प्रशिक्षकको रुपमा म प्रस्तुत भइरहेको थिइन । अझ मेरा सबै शैक्षिक उपाधीहरु मानविकी संकायबाट मात्र भएकाले शिक्षाका सैद्धान्तिक र ब्यवहारिक पक्षको ज्ञानको कमी त हुनेनै भयो । यद्यपि, विश्वविद्यालय अध्यापनको झन्डै डेढ दशकको अनुभव साट्न पाइने लालचले मलाई उक्त भूमिका स्वीकार्न प्रेरित गरेको थियो । यो आलेख त्यही प्रशिक्षणको दौरान टिपोट गरिएका मध्ये एउटा विषयवस्तु केन्द्रित छ: प्रशिक्षार्थीका चासोहरु । तालिमका विभिन्न आयाम मध्ये मूलतः तीनवटा विषयहरुमा प्रशिक्षार्थीहरुको चासो देखिन्थ्यो ।

पहिलो चासोको विषय थियो प्रशिक्षकको दक्षता । प्रशिक्षार्थीहरुले अधिकांश प्रशिक्षकको दक्षता सम्बन्धमा एकैरुपको धारणा बनाएको देखिन्थ्यो । प्रशिक्षक पनि हाम्रै ड्याङका मुला त हुन् । यो धारणा गहिरो सन्देश बोकेको र गहन रुपमा सोच्न बाध्य पार्ने विषय थियो मेरा लागि । किन कोही प्रशिक्षार्थी, अझ केही प्रशिक्षकको सन्दर्भमा त तालिम अगावै, सन्देहपूर्ण धारणा लिएर आउने अवस्था बनेको छ ? कारणहरु दुई वटा हुन सक्छन: हाम्रा शिक्षकहरुमा उपहासपूर्ण सोचको प्रबलता धेरै छ वा तालिम केन्द्रहरुले पूर्ण दक्ष प्रशिक्षकहरु उपलब्ध गराइरहेका छैनन् । कारण जुनसुकै होस् दुइवटै परिस्थिति तालिमको लक्षित उपलब्धी प्राप्तीका बाधक हुन् । त्यसैले, यी दुबै अवधारणा माथि बैज्ञानिक अनुसन्धानको खाँचो छ ।

पूरा आलेखका लागि हेर्नुहोस् : 

No comments:

Threads and their Way Back

A day it was – a quiet collision   Care came softly, not announced, not demanded – emotionally attached   Drawn again by the qui...