Tuesday, March 31, 2026

Threads and their Way Back

A day it was –

a quiet collision

 

Care came softly,
not announced, not demanded –
emotionally attached

 

Drawn again by the quiet gravity

this time, it was different reconnection.
Words danced sharper, brighter –
intellectual engagement 

 

And then, the reunion
that brought stories,
mixing desires and memories,

not of sorrow, but of recognition

Just a quiet, shared hope, not the promise –

Pearls they were that dripped,

a hope to meet again,
where time will freeze again,
to be exactly where the lives departed.

Tuesday, July 27, 2021

प्रेतात्मा र भोजन


आएर आत्मामाझ घरी घरी
प्रेतात्माले श्राद्द गरेपछि
आत्मा प्रेतात्मा बन्न के बेर ! 
खाएर भोजन तृप्त हुने गरी
पिन्ड खान अर्कै लोक झरे पनि
भोजन र पिन्ड दुबैमा दाबी गर्न के बेर !

Sunday, June 21, 2020

Monday, May 4, 2020

व्यावहारिक प्रत्यक्ष अनलाइन कक्षा सम्बन्धी मन्थन

हाम्रा शैक्षणिक गतिविधि एउटा सहज परिस्थितिबाट विना तयारी अर्को अवस्थामा गइरहेको छ । यस्तो अवस्थामा अप्ठ्यारो स्थितिनै आविष्कारको जननी हो भन्ने तर्क पेश गर्दै उच्चतम प्रविधिको वकालत नगरीकन, विगत लामो समयदेखि प्रयोगमा आइरहेका दूर शिक्षाका अभ्यासहरुमा जोड दिँदै, हाल शुरुवात गरिएका प्रत्यक्ष अनलाइन कक्षालाई परिक्षणकालीन मानेर, आउँदा दिनमा त्यस्ता कक्षा संचालनार्थ अत्यावश्यक नीतिनियम, उपकरण, सिप, स्थान आदि जस्ता कुराको उचित व्यवस्थापन गरेर प्रत्यक्ष कक्षाका अभ्यासमा ल्याउने हो भने मात्र अहिले गरिरहेका प्रयासहरु सार्थक होलान । नत्र भने धेरै जसो क्रियाकलापहरु केही व्यक्ति या संस्थाका आफू सर्वोतम देखिने कुण्ठाभावको विज्ञापनीय अभिव्यक्ति या शैक्षिक संस्थाहरुले विद्यार्थीबाट जसरी पनि महामारी अवधिको शैक्षिक शुल्क असुल्ने रणनीति बाहेक केही नहुन सक्छ ।

Find the full article at: shorturl.at/p0137

Friday, July 19, 2019

शिक्षक तालिममा प्रशिक्षार्थीका चासोहरु

हालसालै शैक्षिक तालिम केन्द्र धुलिखेलले आयोजना गरेको कक्षा देखि कक्षा १२ सम्म अंग्रेजी अध्यापन गरिरहनु भएका शिक्षक लक्षित दश दिने तालिममा झन्डै चार दिन प्रशिक्षकको भूमिका निर्वाह गर्ने मौका मिल्यो तालिम प्रशिक्षकको भूमिकामा यो मेरो दोश्रो अनुभव थियो अर्थात, खारिएको प्रशिक्षकको रुपमा प्रस्तुत भइरहेको थिइन अझ मेरा सबै शैक्षिक उपाधीहरु मानविकी संकायबाट मात्र भएकाले शिक्षाका सैद्धान्तिक ब्यवहारिक पक्षको ज्ञानको कमी हुनेनै भयो यद्यपि, विश्वविद्यालय अध्यापनको झन्डै डेढ दशकको अनुभव साट्न पाइने लालचले मलाई उक्त भूमिका स्वीकार्न प्रेरित गरेको थियो यो आलेख त्यही प्रशिक्षणको दौरान टिपोट गरिएका मध्ये एउटा विषयवस्तु केन्द्रित छ: प्रशिक्षार्थीका चासोहरु तालिमका विभिन्न आयाम मध्ये मूलतः तीनवटा विषयहरुमा प्रशिक्षार्थीहरुको चासो देखिन्थ्यो

पहिलो चासोको विषय थियो प्रशिक्षकको दक्षता प्रशिक्षार्थीहरुले अधिकांश प्रशिक्षकको दक्षता सम्बन्धमा एकैरुपको धारणा बनाएको देखिन्थ्यो प्रशिक्षक पनि हाम्रै ड्याङका मुला हुन् यो धारणा गहिरो सन्देश बोकेको गहन रुपमा सोच्न बाध्य पार्ने विषय थियो मेरा लागि किन कोही प्रशिक्षार्थी, अझ केही प्रशिक्षकको सन्दर्भमा तालिम अगावै, सन्देहपूर्ण धारणा लिएर आउने अवस्था बनेको ? कारणहरु दुई वटा हुन सक्छन: हाम्रा शिक्षकहरुमा उपहासपूर्ण सोचको प्रबलता धेरै वा तालिम केन्द्रहरुले पूर्ण दक्ष प्रशिक्षकहरु उपलब्ध गराइरहेका छैनन् कारण जुनसुकै होस् दुइवटै परिस्थिति तालिमको लक्षित उपलब्धी प्राप्तीका बाधक हुन् त्यसैले, यी दुबै अवधारणा माथि बैज्ञानिक अनुसन्धानको खाँचो

पूरा आलेखका लागि हेर्नुहोस् : 

Wednesday, April 6, 2016

म र उ

निर्बिकल्प ठाने,
ताली बजाएँ,
भजन गाएँ,
मिल्ने नमिल्ने सबै गरेँ
उसैका लागि 

फेरी,
नाजयज ठहर्याएँ,
गाली गरेँ,
सत्तो स्रापेँ 

उही उही त्यो पात्र
फरक?
फगत समय,
अनि उसको दुर्भाग्य 

Thursday, December 24, 2015

Précis

Shivering, silence!
Across Atlantic,
Heavenly nap!
Whizzing, antique city,
Destination? no. 4!

Panting £19.
Rest, ride, roam,
Next? - shshsh...
ri..ro between story
Not to pass.

Threads and their Way Back

A day it was – a quiet collision   Care came softly, not announced, not demanded – emotionally attached   Drawn again by the qui...