Friday, July 19, 2019

शिक्षक तालिममा प्रशिक्षार्थीका चासोहरु

हालसालै शैक्षिक तालिम केन्द्र धुलिखेलले आयोजना गरेको कक्षा देखि कक्षा १२ सम्म अंग्रेजी अध्यापन गरिरहनु भएका शिक्षक लक्षित दश दिने तालिममा झन्डै चार दिन प्रशिक्षकको भूमिका निर्वाह गर्ने मौका मिल्यो तालिम प्रशिक्षकको भूमिकामा यो मेरो दोश्रो अनुभव थियो अर्थात, खारिएको प्रशिक्षकको रुपमा प्रस्तुत भइरहेको थिइन अझ मेरा सबै शैक्षिक उपाधीहरु मानविकी संकायबाट मात्र भएकाले शिक्षाका सैद्धान्तिक ब्यवहारिक पक्षको ज्ञानको कमी हुनेनै भयो यद्यपि, विश्वविद्यालय अध्यापनको झन्डै डेढ दशकको अनुभव साट्न पाइने लालचले मलाई उक्त भूमिका स्वीकार्न प्रेरित गरेको थियो यो आलेख त्यही प्रशिक्षणको दौरान टिपोट गरिएका मध्ये एउटा विषयवस्तु केन्द्रित छ: प्रशिक्षार्थीका चासोहरु तालिमका विभिन्न आयाम मध्ये मूलतः तीनवटा विषयहरुमा प्रशिक्षार्थीहरुको चासो देखिन्थ्यो

पहिलो चासोको विषय थियो प्रशिक्षकको दक्षता प्रशिक्षार्थीहरुले अधिकांश प्रशिक्षकको दक्षता सम्बन्धमा एकैरुपको धारणा बनाएको देखिन्थ्यो प्रशिक्षक पनि हाम्रै ड्याङका मुला हुन् यो धारणा गहिरो सन्देश बोकेको गहन रुपमा सोच्न बाध्य पार्ने विषय थियो मेरा लागि किन कोही प्रशिक्षार्थी, अझ केही प्रशिक्षकको सन्दर्भमा तालिम अगावै, सन्देहपूर्ण धारणा लिएर आउने अवस्था बनेको ? कारणहरु दुई वटा हुन सक्छन: हाम्रा शिक्षकहरुमा उपहासपूर्ण सोचको प्रबलता धेरै वा तालिम केन्द्रहरुले पूर्ण दक्ष प्रशिक्षकहरु उपलब्ध गराइरहेका छैनन् कारण जुनसुकै होस् दुइवटै परिस्थिति तालिमको लक्षित उपलब्धी प्राप्तीका बाधक हुन् त्यसैले, यी दुबै अवधारणा माथि बैज्ञानिक अनुसन्धानको खाँचो

पूरा आलेखका लागि हेर्नुहोस् : 

Threads and their Way Back

A day it was – a quiet collision   Care came softly, not announced, not demanded – emotionally attached   Drawn again by the qui...