Sunday, October 14, 2012

उसको मोबाइल

साइलेन्ट मोडमा नराखेको उसको मोबाइल
मौनधारण गर्दागर्दै बज्न थालेपछि
गरोस् के बिचरा उसले ?
सबैले उतिरै आँखा तेस्र्याएपछि !
घडी हेरोस् कि, बाहिर निस्कियोस् ?
मोबाइल अफ गरोस् कि, धन्यबाद पर्खियोस् ?
सोच्यो, अनि गालि ठोक्यो मनमनै
त्यो साले नमरेको भए हुन्थ्यो नि !


Threads and their Way Back

A day it was – a quiet collision   Care came softly, not announced, not demanded – emotionally attached   Drawn again by the qui...